Pages

Thursday, December 20, 2012

नेपालमा ज्वालामुखी विस्फोटको सम्भावना छैन-"ज्वालामुखीको हल्ला: आगलागी मात्रै भएको हो– नेपाली सेना, "सक्दो सेयर गरि सबै साथी हरुलाई जानकारी दिलाउ"

नेपाल र चीनको तिब्बत सीमाको लाङटाङ हिमाल फेदीमा आज विहानदेखि धुवांको मुस्लो देखिएपछि नेपाली सेनाले सो क्षेत्रको हवाई निरीक्षण गरी जंगलमा आगलागी भएको जनाएको छ । रसुवाको लाङटाङ क्षेत्रको टिमुरेबाट घोडा तबेला जाने बाटोको रिदिम गाउँ विकास समितिमा धुँवाको मुस्लो देखिएकोमा हवाई निरीक्षणमा गएको नेपाली सेनाको टोलीले आगलागी भएको ठहर गरेको हो । आज विहान १० बजेतिर धुंवाको मुस्लो देखिएपछि लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेनाको गणले ज्वालामुखी हुनसक्ने शंका गर्दै सैनिक मुख्यालयमा खबर गरेका थिए

Credit: Nepal Army (http://www.nepalarmy.mil.np/)